• १९ असोज २०८३, सोमबार
  • ८ः५५ राती

अन्डाको मूल्य घट्यो

प्रकाशित मिति

२०८२ माघ २६ गते, सोमबार १२:५६

२६ माघ,२०८२ काठमाडौं – नेपाल लेयर्स कुखुरापालक संघले आज सोमबारदेखि लागू हुने गरी अन्डाको भाउ घटाएको छ। संघका अध्यक्ष विनोद पोखरेलका अनुसार आन्तरिक उत्पादन बढ्नुका साथै भारतबाट ठूलो परिमाणमा अन्डा भित्रिएपछि मूल्य घटाइएको हो।

National Life

नयाँ दरअनुसार ठूलो अन्डा प्रतिक्रेट ३७५ रुपैयाँ, मिडियम ३४५ रुपैयाँ र एक्सएल अन्डा प्रतिक्रेट ३९० रुपैयाँ कायम गरिएको छ। यसअघि माघ २२ गते ठूलो अन्डा ४३५ र मिडियम ४०५ रुपैयाँमा कारोबार भइरहेको थियो।

अध्यक्ष पोखरेलले भारतीय सेतो अन्डा सस्तो मूल्यमा ठूलो परिमाणमा भित्रिँदा प्रतिस्पर्धा गर्न कठिन भएको बताए। उनले बजार अनुगमन कमजोर हुँदा आयातित अन्डाको प्रभाव बढेको उल्लेख गरे।

Classic Tech Mobile
Classic Tech Desktop

गत मंसिरमा भने अन्डाको मूल्य हालसम्मकै उच्च पुगेर ठूलो अन्डा प्रतिक्रेट ५६५ र मिडियम ५५० रुपैयाँसम्म पुगेको थियो।

प्रतिकृया