• १९ असोज २०८३, सोमबार
  • ८ः५५ राती

काठमाडौं उपत्यका विश्वका प्रदूषित सहरमध्ये सातौँ स्थानमा

प्रकाशित मिति

२०८२ माघ २५ गते, आईतवार ०१:३४

२५ माघ,२०८२ काठमाडौं – काठमाडौं उपत्यकामा आइतबार वायु प्रदूषण अस्वस्थ स्तरमा पुगेको छ। हावाको गुणस्तर मापन गर्ने एयर क्वालिटी इन्डेक्स (एक्युआई) अनुसार मध्याह्नसम्म उपत्यकाको वायु गुणस्तर १७५ अंकमा पुगेको हो। यससँगै काठमाडौं विश्वका अत्यधिक प्रदूषित सहरहरूको सूचीमा सातौँ स्थानमा पुगेको छ।

National Life

विश्वकै सबैभन्दा प्रदूषित सहरको सूचीमा इजिप्टको राजधानी कायरो शीर्ष स्थानमा रहेको छ, जहाँ वायु प्रदूषणको स्तर २७३ एक्युआई मापन गरिएको छ।

वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार मौसम सुक्खा रहनु, हावाको आवागमन न्यून हुनु, उद्योग–कलकारखाना सञ्चालन र तीव्र विकास निर्माणका गतिविधिका कारण वायु प्रदूषण बढेको हो। औद्योगिक धुवाँ–धुलो, छिमेकी भारतबाट भित्रिने प्रदूषित हावा र सिमापार प्रदूषणले पनि उपत्यकाको वायु गुणस्तर बिगारेको उनले बताए।

Classic Tech Mobile
Classic Tech Desktop

विपद् व्यवस्थापनविद् डा. धर्मराज उप्रेतीका अनुसार १५१–२०० एक्युआई सबैका लागि अस्वस्थ मानिन्छ र विशेषगरी श्वासप्रश्वास तथा मुटुरोगीलाई असर पुर्‍याउन सक्छ। काठमाडौंका लागि तयार गरिएको वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ अनुसार एक्युआई ३०० भन्दा माथि पुगेको अवस्था विपद् मानिने छ र त्यस्तो अवस्थामा फोहोर बाल्न रोक, सडक सफाइमा ब्रुमर र भ्याकुम मेसिनको प्रयोग बढाउने तथा जोखिमयुक्त व्यक्तिहरूलाई सार्वजनिक सूचना मार्फत सचेत गराउने प्रावधान राखिएको छ।

सरकारले राष्ट्रिय वातावरण नीति, २०७६ मार्फत जल, वायु, माटो, ध्वनि, विद्युत–चुम्बकीय तरङ्ग, रेडियोधर्मी विकिरण र जोखिमपूर्ण रासायनिक प्रदूषण नियन्त्रणका लागि राष्ट्रिय मापदण्ड तयार गरी कार्यान्वयन गर्ने रणनीति तय गरेको छ।

प्रतिकृया