• ४ साउन २०८३, सोमबार
  • ८:२६ बेलुका

खोटाङमा विवाह भोजपछि फुडपोइजन, बेहुला–बेहुलीसहित सबै बिरामी

प्रकाशित मिति

२०८२ माघ २५ गते, आईतवार ०१:४५

खोटाङ — जन्तेढुङ्गा–६ दिप्लुङमा विवाह भोज खाएको १२ घण्टापछि बेहुला–बेहुलीसहित करिब ३५ जनामा ज्वरो र झाडापखाला देखिएको छ। प्रभावितको उपचारका लागि गाउँपालिकाले निगालावास भञ्ज्याङमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ।

गाउँपालिका, स्वास्थ्य कार्यालय र आरआरटी टिम खटिएका छन्। भोजमा करिब २०० जना सहभागी भएको अनुमान गरिएको छ। जटिल बिरामीलाई आधारभूत अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ।

Kamana Sewa

प्रतिकृया