• १९ असोज २०८३, सोमबार
  • ८ः५५ राती

बजार अनुगमनमा कैफियत भेटिएपछि दुई फर्मलाई जरिवाना

प्रकाशित मिति

२०८२ माघ २३ गते, शुक्रबार १०:२९

२३ माघ,२०८२ काठमाडौं –  नियमित बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कैफियत भेटिएपछि दुई वटा फर्मलाई नगद जरिवाना गरेको छ।

National Life

विभागका अनुसार काठमाडौँ महानगरपालिका–३० मैतीदेवीस्थित श्रेष्ठ खाद्य स्टोरलाई १० हजार रुपैयाँ जरिवाना गरिएको छ। यस्तै, टोखा नगरपालिका–७ मा सञ्चालनमा रहेको घिमिरे रिजन किनारा स्टोर्सलाई पनि १० हजार रुपैयाँ नगद जरिवाना गरिएको विभागले जनाएको छ।

अनुगमनका क्रममा ब्लास्ट फेसन कलेक्सनलाई भने व्यवसायसँग सम्बन्धित आवश्यक कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

विभागले सोही अनुगमनका क्रममा थप १७ वटा फर्मलाई सुधारात्मक निर्देशन दिएको जानकारी दिएको छ।

प्रतिकृया