• १४ असोज २०८३, बुधबार
  • १२ः२४ राती

नेप्से २७.१९ अंकले उकालो, कारोबार ११ अर्ब नाघ्यो

प्रकाशित मिति

२०८२ माघ २२ गते, बिहीबार ०४:३९

२२ माघ,२०८२ काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बिहीबार २७.१९ अंकले बढेर २७०८.७० बिन्दुमा पुगेको छ। आज नेप्सेमा ३२६ कम्पनीका ३ करोड ५५ लाख ७४ हजार कित्ता शेयर किनबेच हुँदा कुल ११ अर्ब ५८ करोड २८ लाख ९३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

National Life

कारोबार भएका १२ वटै उपसूचकमा हरियाली देखिएको छ। यस दिन वाणिज्य बैंक समूह ०.५६ प्रतिशत, विकास बैंक समूह ०.९२ प्रतिशत, फाइनान्स समूह ०.४८ प्रतिशत र होटल तथा पर्यटन समूह ०.२२ प्रतिशतले बढेका छन्।

बिहीबार २०१ कम्पनीको शेयर मूल्य बढेको छ भने ५५ कम्पनीको घटेको छ। चार कम्पनीको शेयर मूल्य स्थिर रहेको छ। साथै, आज पाँच कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया