• १९ असोज २०८३, सोमबार
  • ९ः२६ राती

उम्मेदवारले सवारी अनधिकृत प्रयोग गरे २५ हजारसम्म जरिवाना, र्‍याली गर्न निषेध

प्रकाशित मिति

२०८२ माघ २२ गते, बिहीबार १२:५८

२२ माघ,२०८२ काठमाडौं – निर्वाचन आयोगले प्रचार–प्रसारमा अनाधिकृत सवारी प्रयोग गर्ने उम्मेदवार, दल वा प्रतिनिधिलाई २५ हजार रुपैयाँसम्म जरिवाना गर्ने प्रावधान लागू गरेको छ। आयोगले तोकेको संख्या भन्दा बढी सवारी प्रयोग गर्न नपाइने, सरकारी तथा सार्वजनिक संस्था, शिक्षण संस्था र गैरसरकारी संस्थाको सवारी प्रयोग गर्न पूर्ण रोक लगाएको छ।

National Life

आचारसंहिताअनुसार अनुमति नलिई सवारी चलाउने वा सवारीमा अनधिकृत प्रचार सामग्री राख्नेले सवारी अवधि भरका लागि कब्जामा पर्नेछन्। साथै सवारी उपलब्ध गराउने अधिकारीमाथि पनि विभागीय कारबाही हुनेछ।

उम्मेदवारले प्रचार–प्रसारका लागि आफ्नो निर्वाचन क्षेत्रमा बढीमा दुईवटा हलुका सवारी (२/३/४ पाङ्ग्रे) मात्र प्रयोग गर्न पाउने छन्। दुर्गम क्षेत्रमा सवारी नचल्ने स्थानमा बढीमा चारवटा घोडा प्रयोग गर्न पाइने व्यवस्था छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया