• १९ असोज २०८३, सोमबार
  • ९ः२५ राती

झापामा रास्वपाको सम्पर्क कार्यालयमा तोडफोड, सिसा फुट्यो

प्रकाशित मिति

२०८२ माघ २२ गते, बिहीबार ११:२१

२२ माघ,२०८२ झापा — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सम्पर्क कार्यालयमा तोडफोड भएको छ। कमल गाउँपालिका–२ स्थित पार्टीको सम्पर्क कार्यालयमा तोडफोड भएको हो।

National Life

रास्वपाका एक नेताले तोडफोडबाट कार्यालयको सिसा फुटेको बताएका छन्। तर अन्य भौतिक क्षति भने भएको छैन।

प्रहरीका अनुसार कार्यालयमा तोडफोड कसले गरेको भन्ने अझै खुल्न सकेको छैन। घटनामा संलग्न व्यक्तिहरूको खोजी भइरहेको र आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया