• ५ साउन २०८३, मंगलबार
  • ५:१३ बेलुका

डा. बाबुराम भट्टराईलाई पितृशोक

प्रकाशित मिति

२०८२ माघ २२ गते, बिहीबार ११:१२

२२ माघ,२०८२ काठमाडौं – पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक परेको छ। उनका बुबा भोजप्रसाद भट्टराईको ९७ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको हो।

निकट स्रोतका अनुसार केही दिनयता उनको स्वास्थ्य अवस्था जटिल बनेको थियो। उपचारका क्रममा बाँसबारीस्थित न्युरो अस्पतालमा रहँदा उनको निधन भएको जनाइएको छ।

Kamana Sewa

प्रलोपा नेता जन्मदेव जैसीका अनुसार स्वर्गीय भट्टराईको अन्त्येष्टि आजै पशुपति आर्यघाटमा गरिनेछ। डा. भट्टराईको सचिवालयले दिएको जानकारीअनुसार आज बिहान ११ बजे पशुपति विद्युत् शवदाह गृहमा अन्त्येष्टि हुने तय गरिएको छ।

Classic Tech Desktop

प्रतिकृया