• १३ असोज २०८३, मंगलबार
  • ३ः०७ राती

महेश बस्नेतको आरोप: नेपालमा ‘नयाँ जेलेन्स्की’ बनाउने प्रयास भइरहेको छ

प्रकाशित मिति

२०८२ माघ २१ गते, बुधबार ०२:०२

२१ माघ,२०८२ काठमाडौं – नेकपा (एमाले) का सचिव महेश बस्नेतले नेपालमा नयाँ जेलेन्स्की जन्माउन खोजिएको आरोप लगाएका छन्। काठमाडौं उपत्यकाका १५ जना एमाले उम्मेदवारहरूसँगको संवाद कार्यक्रममा नेता बस्नेतले अन्तर्राष्ट्रिय शक्तिहरूले नेपाललाई खेल मैदान बनाउने प्रयास गरिरहेको दाबी गरे।

National Life

उक्त कार्यक्रममा बस्नेतले अहिले केही दलका नेताहरूसँग अध्यक्ष केपी शर्मा ओलीले साझा धारणा बनाउन छलफल गरेको भए पनि गठबन्धनका लागि छलफल नभएको स्पष्ट पारे।

उनले सरकारले दुई चरणमा निर्वाचन गर्ने कुरा गरेर चुनावमा धाँधली गर्न खोजेको आरोप लगाउँदै, प्रधानमन्त्रीको अभिव्यक्तिले त्यसको पुष्टि भएको बताए। बस्नेतले सरकारले कुनै दललाई जिताउन लागिपरेको देखिएको उल्लेख गरे।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया