• १९ असोज २०८३, सोमबार
  • ९ः२६ राती

प्रधानमन्त्री कार्कीको पहिलो सम्बोधन: रहरले होइन, परिस्थितिले प्रधानमन्त्री बनेँ

प्रकाशित मिति

२०८२ माघ १९ गते, सोमबार ०३:०९

१९ माघ,२०८२ काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले संघीय संसद् अन्तर्गतको राष्ट्रिय सभामा पहिलोपटक सम्बोधन गरेकी छन्। भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि प्रधानमन्त्री बनेकी कार्कीले परिस्थितिले आफूलाई यो जिम्मेवारीमा ल्याएको बताइन्।

National Life

सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यो अवसर आफ्नो चाहनाले नभई समय र परिस्थितिको बाध्यताले आएको स्पष्ट पारिन्। जीवनमा यस्तो अवसर फेरि पाउन कठिन हुने उल्लेख गर्दै उनले यसप्रति कुनै अपेक्षा नराखेको पनि बताइन्।

“मैले खोजेर आएको होइन, परिस्थितिले यहाँ ल्यायो,” उनले भनिन्, “यो अवसर फेरि पाइन्छ भन्ने आशा पनि छैन।”

Classic Tech Mobile
Classic Tech Desktop

पहिलोपटक संसद्‌मा बोल्न पाउँदा खुसी लागेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले यसलाई जीवनको महत्वपूर्ण अनुभवका रूपमा लिएको बताइन्।

प्रतिकृया