• ४ साउन २०८३, सोमबार
  • ८:०० बेलुका

नेप्से १.५३ अंकले बढ्यो, कारोबार कति ?

प्रकाशित मिति

२०८२ माघ १९ गते, सोमबार ०३:२०

१९ माघ,२०८२ काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सोमबार १.५३ अंकले बढेर २६९५.७३ बिन्दुमा पुगेको छ। आज ३३० कम्पनीका १ करोड ७५ लाख ७ हजार कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम ८ अर्ब २२ करोड ३९ लाख रुपैयाँ पुगेको हो।

यस दिन बजारका ८ उपसूचक राताम्य भएका छन्। वाणिज्य बैंक समूहको ०.०९ प्रतिशत, फाइनान्स समूहको ०.८९ प्रतिशत र हाइड्रोपावर समूहको ०.१३ प्रतिशतले शेयर मूल्य घटेको छ।

Kamana Sewa

कारोबारमा सहभागी कम्पनीमध्ये ११४ कम्पनीको शेयर मूल्य बढेको छ भने १३४ कम्पनीको घटेको छ। बाँकी १३ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।

Classic Tech Desktop

प्रतिकृया