• १९ असोज २०८३, सोमबार
  • ९ः२७ राती

प्रधानमन्त्री कार्कीले भनिन्– महावीर पुन रिसाएर क्याबिनेट छाडे

प्रकाशित मिति

२०८२ माघ १९ गते, सोमबार ०३:५९

१९ माघ,२०८२ काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन रिसाएर क्याबिनेटबाट बाहिरिएको जानकारी दिएकी छिन्। उनले सोमबार राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्ने क्रममा उक्त कुरा बताएकी हुन्।

National Life

प्रधानमन्त्री कार्कीका अनुसार मन्त्री पुनले केही कानुन बनाउन प्रस्ताव गरेका थिए। ती कानुन सकारात्मक भए पनि छोटो समयमा तयार गर्न नसक्दा असन्तुष्ट भएर उनले सरकार छाडेको बताइन्।

प्रधानमन्त्री कार्कीले यस्ता विषयलाई व्यक्तिको अधिकारका रूपमा बुझ्न आग्रह गरिन्। शिक्षा मन्त्री पदबाट राजीनामा दिएका पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बनेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया