• १९ असोज २०८३, सोमबार
  • १०ः३५ राती

प्रतिनिधिसभा निर्वाचनका लागि नमूना मतपत्र सार्वजनिक

प्रकाशित मिति

२०८२ माघ १७ गते, शनिबार ०३:१०

१७ माघ,२०८२ काठमाडौं – निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्ला तथा निर्वाचन क्षेत्रका मतपत्रको नमूना सार्वजनिक गरेको छ। आयोगले सातवटै प्रदेशका निर्वाचन क्षेत्र समेटेर नमूना मतपत्र सार्वजनिक गरेको हो।

National Life

एउटामात्र निर्वाचन क्षेत्र भएका जिल्लाका लागि एक प्रकारको र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाका लागि छुट्टाछुट्टै नमूना मतपत्र तयार गरिएको आयोगले जनाएको छ। यी नमूना मतपत्रहरू मतदाता शिक्षाका लागि प्रयोग गरिनेछन्। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार उम्मेदवारको सङ्ख्याका आधारमा मतपत्रको आकार फरक–फरक बनाइएको छ। उम्मेदवार धेरै भएका निर्वाचन क्षेत्रमा मतपत्र तुलनात्मक रूपमा ठूलो र कम उम्मेदवार भएका क्षेत्रमा सानो आकारको मतपत्र छापिएको छ। यही आधारमा काठमाडौँ जिल्लाको नमूना मतपत्र सबैभन्दा ठूलो रहेको छ।

कर्णाली प्रदेशमा एउटामात्र निर्वाचन क्षेत्र रहेका सल्ल्यान, डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट र रुकुम पश्चिम तथा दुई निर्वाचन क्षेत्र रहेका दैलेख र सुर्खेत जिल्लाका लागि पनि नमूना मतपत्र सार्वजनिक गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै, सुदूरपश्चिम प्रदेशका बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी र डडेलधुरामा एउटामात्र निर्वाचन क्षेत्र छन् भने अछाममा दुई, कञ्चनपुरमा तीन र कैलालीमा पाँच निर्वाचन क्षेत्र कायम छन्। ती सबै निर्वाचन क्षेत्रका नमूना मतपत्रहरू आयोगले सार्वजनिक गरिसकेको छ। यसैबीच, समानुपातिक निर्वाचन प्रणालीतर्फका मतपत्रको छपाइ सम्पन्न भइसकेको निर्वाचन आयोगले जनाएको छ।

प्रतिकृया