• १३ असोज २०८३, मंगलबार
  • ७ः३० बिहान

नेप्से सामान्य सुधार, परिसूचक २७३१ बिन्दुमा

प्रकाशित मिति

२०८२ माघ १४ गते, बुधबार ०३:२७

१४ माघ,२०८२ काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ५.३८ अंकले बढेर २७३१.८९ बिन्दुमा पुगेको छ। आज ३३४ कम्पनीका २ करोड ३६ लाख १८ हजार कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम ११ अर्ब ४९ करोड ३९ लाख रुपैयाँ पुगेको हो।

National Life

कारोबार दिनमा ८ उपसूचकमा हरियाली देखिएको छ भने ५ उपसूचक राताम्य भएका छन्। आज १४१ कम्पनीको शेयर मूल्य बढ्दा ११२ कम्पनीको घटेको छ। बाँकी ७ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।

प्रतिकृया