• १९ असोज २०८३, सोमबार
  • ११ः१० राती

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा बाट उम्मेदवारी लिए फिर्ता

प्रकाशित मिति

२०८२ माघ ९ गते, शुक्रबार ०१:२९

९ माघ,२०८२ गोरखा- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा–२ बाट दिएका उम्मेदवारी फिर्ता लिने निर्णय गरेका छन्।उनले आज आफूनिकटका केही नेतासँग छलफल गरी फिर्ता लिने निर्णय गरेका हुन्।

National Life

उनका सचिवालय स्रोतका अनुसार नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडी र रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले अभिभावक भएर सहजीकरण गरिदिन आग्रह गरेपछि उनी फिर्ता हुन तयार भएका हुन्।

भट्टराई यसअघि गोरखा–२ बाट निर्वाचित भइसकेका उम्मेदवार हुन्। २०७९ सालको निर्वाचनमा उनले प्रचण्डलाई सहयोग गर्दै उम्मेदवारी नदिने बताएका थिए। यसपटक पनि उनले चुनाव नलड्ने बताउँदै आएका थिए, तर मनोनयनको दुई दिनअघि मात्र निर्णय गरेर गोरखा पुगेका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

हालसम्म उनले फिर्ता लिएपछि कसको समर्थन गर्ने भन्नेबारे सार्वजनिक गरेका छैनन्। गोरखा–२ मा कांग्रेसका प्रकाशचन्द्र दवाडी, नेकपा एमालेका मिलन गुरुङ (मिलन चक्रे), रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीलगायत उम्मेदवार छन्।

प्रतिकृया