• १९ असोज २०८३, सोमबार
  • ११ः१० राती

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज, ऐतिहासिक निर्णयको तयारी

प्रकाशित मिति

२०८२ माघ ९ गते, शुक्रबार ०१:३८

९ माघ,२०८२ काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आज (शुक्रबार) बस्न गइरहेको नवनिर्वाचित केन्द्रीय कार्यसमिति बैठकले निर्वाचन केन्द्रित ऐतिहासिक निर्णय गर्न लागेको बताएका छन्।

National Life

केन्द्रीय कार्यालय सानेपामा पहिलो पटक बस्न लागेको बैठकमा सहभागी हुँदै पौडेलले सञ्चारकर्मीलाई भने, “आजको बैठकले निर्वाचन केन्द्रीत केही ठोस र ऐतिहासिक निर्णय गर्दैछ। यसले देशभर नयाँ तरंग सिर्जना गर्नेछ र मतदातालाई कांग्रेसतर्फ आकर्षित गर्न महत्वपूर्ण हुनेछ।”

सूत्रका अनुसार बैठकले सभापति गगनकुमार थापालाई भावी प्रधानमन्त्री घोषणा गरी आगामी प्रतिनिधिसभा निर्वाचनमा सक्रियता साथ अघि बढाउने निर्णय गर्ने तयारी गरेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको यो पहिलो बैठकले पार्टीको रणनीति र आगामी निर्वाचनको स्वरुप तय गर्ने महत्वपूर्ण भूमिका खेल्ने देखिएको छ।

प्रतिकृया