• १४ असोज २०८३, बुधबार
  • ३ः३४ राती

सूर्यकुण्ड हाइड्रोको आईपीओ माघ १८ देखि सर्वसाधारणका लागि खुल्दै

प्रकाशित मिति

२०८२ माघ ८ गते, बिहीबार १०:०४

८ माघ,२०८२ काठमाडौं – सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले यही माघ १८ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गरिसकेको छ।

National Life

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १३ लाख ७९ हजार ३५० कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो। जसमध्ये पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि ६ लाख ८९ हजार ६७५ कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ६८ हजार ९७६ कित्ता सेयर बाँडफाँड भइसकेको छ।

अब बाँकी सेयरमध्ये १३ हजार ७९३ कित्ता कम्पनीका कर्मचारीहरूका लागि र ३४ हजार ४८४ कित्ता सामूहिक लगानी कोषहरूका लागि सुरक्षित गरी बाँकी रहेको ५ लाख ७२ हजार ४३१ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागिएको हो। आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आवेदन माघ २१ गतेसम्म दिन सकिने कम्पनीले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

कम्पनीलाई क्रेडिट रेटिङ संस्था केयर रेटिङ्स नेपाल लिमिटेडले ‘केयर एनपी डबल बी माइनर इस्यूअर’ रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको समयमै वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ।

प्रतिकृया