• १४ असोज २०८३, बुधबार
  • १ः४३ राती

मेयर पदबाट बालेन शाहले आज राजीनामा दिँदै

प्रकाशित मिति

२०८२ माघ ४ गते, आईतवार १०:५०

४ माघ,२०८२ काठमाडौं – काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले आज राजीनामा दिने तयारी गरेका छन्। उनले दिउँसो २ बजे रास्वपाको केन्द्रीय कमिटी बैठकमा सहभागी हुने कार्यक्रम रहेको छ। मेयर पदबाट राजीनामा दिएको खण्डमा उपमेयर सुनिता डंगोल कार्यवाहक मेयरको रूपमा कार्यभार सम्हाल्नेछिन्।

National Life

बालेन फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा झापा–५ बाट एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध उम्मेदवार बन्न मेयर पद छोड्न लागेका हुन्।

राजीनामा दिएपछि बालेन रास्वपाको केन्द्रीय समिति बैठकमा सहभागी भई सभापति रवि लामिछानेसँग जनकपुर जाने कार्यक्रम रहेको छ। रास्वपाले सोमबार जनकपुरमा विशेष सभाको आयोजना गर्दै चुनावी कार्यक्रम सुरु गर्ने जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया