• २० असोज २०८३, मंगलबार
  • १२ः२६ राती

रास्वपा सभापति रवि लामिछानेविरुद्धको निर्णयविरुद्ध सर्वोच्चमा रिट

प्रकाशित मिति

२०८२ माघ २ गते, शुक्रबार १२:४४

२ माघ,२०८२ काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि चलिरहेका सम्पत्ति शुद्धीकरण र सगठित अपराध सम्बन्धी मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको कार्यालयको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।

National Life

युवराज पौडेल (सफल) ले बुधबार महान्यायाधिवक्ताको कार्यालय, विभिन्न जिल्ला सरकारी वकिल कार्यालय र रवि लामिछानेलाई विपक्षी बनाउँदै रिट पेस गरेका हुन्। निवेदकले महान्यायाधिवक्ताको कार्यालयले पुस ३० गते गरेको निर्णय र सम्बन्धित पत्राचारहरू उत्प्रेषणको आदेशद्वारा बदर गर्न माग गरेका छन्।

निवेदनमा लामिछानेमाथि लागेको सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा कमजोर नबनाइ कानुनी प्रक्रियामा कुनै अवरोध नहोस् भनी परमादेश माग गरिएको छ। निवेदकले महान्यायाधिवक्ताको कार्यालयले गरेको निर्णय स्वेच्छाचारी र बदनियतपूर्ण भएको पनि दाबी गरेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

काठमाडौँ, कास्की र रुपन्देही जिल्ला अदालतमा चलिरहेका अभियोगहरू लामिछानेमाथि मात्र कायम नरहने गरी गरिएको निर्णयलाई गैरकानुनी भएको दावी रिटमा उल्लेख गरिएको छ।

प्रतिकृया