• ३१ भदौ २०८३, बुधबार
  • ११ः३५ राती

कांग्रेस विशेष महाधिवेशन–संस्थापन पक्षबीच बालुवाटारमा वार्ता

प्रकाशित मिति

२०८२ पुष २९ गते, मंगलवार ०९:४५

२९ पुस,२०८२ काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन र संस्थापन पक्षधरबीच बालुवाटारमा वार्ता जारी रहेको छ । विशेष महाधिवेशन सञ्चालन गरिरहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको टोलीले संस्थापन पक्षसँग छलफल गरिरहेको हो ।

National Life

वार्तामा विशेष महाधिवेशन पक्षबाट प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे सहभागी छन् । यस्तै, संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा पक्षका रमेश लेखक र बालकृष्ण खाण तथा शेखर कोइराला पक्षबाट जीवन परियार र मिनेन्द्र रिजाल सहभागी रहेका छन् ।

विशेष महाधिवेशन पक्षले सभापति देउवासहित संस्थापन पक्षलाई वार्ताका लागि आह्वान गरे पनि उनीहरू भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा सहभागी भएका थिएनन् । सभापति देउवाले विशेष महाधिवेशनलाई मान्यता नदिने सन्देश निकटस्थमार्फत् दिइरहेको बताइएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

कांग्रेसका ५१ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले तत्काल नीति र नेतृत्व परिवर्तनको माग गर्दै आएका छन् । संस्थापन पक्षले मागलाई बेवास्ता गरे जारी विशेष महाधिवेशनबाट आजैदेखि निर्वाचन प्रक्रिया सुरु गर्ने चेतावनी विशेष पक्षले दिएको छ ।

यस वार्तापछि विशेष महाधिवेशनलाई कसरी अघि बढाउने भन्ने विषयमा ठोस निर्णय हुने नेताहरूले बताएका छन् ।

प्रतिकृया