• २० असोज २०८३, मंगलबार
  • १ः०८ राती

रिज लाइन इनर्जीको सेयरमा आवेदन आज अन्तिम दिन

प्रकाशित मिति

२०८२ पुष २८ गते, सोमबार ०९:४८

२८ पुस,२०८२ काठमाडौं – रिज लाइन इनर्जी कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गरेको सेयरमा आवेदन दिने आज अन्तिम दिन हो। कम्पनीले पुस १३ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानियका लागि सेयर निष्काशन गरेको थियो।

National Life

कम्पनीले जारी पुँजी १ अर्ब १८ करोड ५० लाख रुपैयाँको २२ प्रतिशत अर्थात २६ करोड ७ लाख रुपैयाँ बराबरको २६ लाख ७ हजार कित्ता शेयर निष्काशनको अनुमति पाएको छ। जसमा ११ करोड ८५ लाख रुपैयाँ बराबरको ११ लाख ८५ हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानियका लागि छुट्याइएको छ।

सेयरमा आवेदन दिने पात्रमा गोरखा जिल्लाको अजिरकोट गाउँपालिका सम्पूर्ण वडाका बासिन्दा र लमजुङ्ग जिल्ला दुधपोखरी गाउँपालिका– १, २, ३ तथा दोर्दी गाउँपालिका– ४, ५, ६ का स्थानियहरू समावेश छन्। न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ।

Classic Tech Mobile
Classic Tech Desktop

आवेदन स्थानियले रिज लाइन इनर्जी आयोजना कार्यालय, गोरखा, प्रभु क्यापिटल, कमलादी, तथा प्रभु बैंकको छेपेटार र पालुङटार शाखाबाट दिन सक्नेछन्।

प्रतिकृया