नेपालले स्वदेशमै विकास गरेको ‘मुनाल’ उपग्रह आज प्रक्षेपण गर्ने
प्रकाशित मिति
२०८२ पुष २८ गते, सोमबार ०९:५२
२८ पुस,२०८२ काठमाडौं – नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले स्वदेशमै विकास गरिएको ‘मुनाल’ नामक उपग्रह प्रक्षेपणको तयारी पूरा गरेको छ। उच्च माध्यमिक तहका विद्यार्थीहरूको नेतृत्वमा निर्माण गरिएको यो उपग्रह नेपालको अन्तरिक्ष प्रविधि विकासमा ऐतिहासिक उपलब्धिको रूपमा लिइएको छ।
नेपालको पहिलो स्पेस सिस्टम प्रयोगशालामा दुई वर्षको मेहनतपछि तयार गरिएको मुनाल उपग्रह वनस्पति अनुगमन, स्वदेशी प्रविधि परीक्षण र कृत्रिम बौद्धिकतामा आधारित डाटा प्रशोधनका लागि प्रयोग गरिनेछ।
उपग्रहको सञ्चालन ललितपुरको खुमलटारस्थित ग्राउन्ड स्टेसनबाट हुने छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानका सचिव डा. रवीन्द्रप्रसाद ढकालका अनुसार मुनाल उपग्रह भारतको श्रीहरिकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट ‘आईएसआरओ’को एसएलभी–सिक्स टू रकेट मार्फत ‘राइडसेयर पेलोड’को रूपमा आज बिहान १०:१७ बजे (भारतीय समय), नेपाल समयअनुसार १०:३२ बजे प्रक्षेपण हुनेछ।








प्रतिकृया