• २० असोज २०८३, मंगलबार
  • १ः०८ राती

नेपाली कांग्रेस सभापति देउवा भृकुटीमण्डप जाने समाचार गलत, सचिवालयले स्पष्ट

प्रकाशित मिति

२०८२ पुष २८ गते, सोमबार १०:०९

२८ पुस,२०८२ काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज विशेष महाधिवेशनमा सहभागी हुन भृकुटीमण्डप जाने भनिएको सामाजिक सञ्जालको सूचना गलत भएको उनको सचिवालयले स्पष्ट पारेको छ।

National Life

सभापति देउवाका स्वकीय सचिव भानु देउवाले केही व्यक्तिले भ्रम फैलाउने उद्देश्यले यस्तो सूचना प्रवाह गरेको र यसमा कुनै सत्यता नरहेको जानकारी दिएका छन्। सचिवालयले भृकुटीमण्डपमा हुने भनिएको कार्यक्रममा सभापति देउवा सहभागी हुने कुनै कार्यतालिका नरहेको पनि पुष्टि गरेको छ।

स्वकीय सचिवले नागरिकहरूलाई सामाजिक सञ्जालमा आएका आधारहीन सूचनाको पछि नलाग्न र भ्रममा नपर्न आग्रह गरेका छन्। सचिवालयले गलत सूचना प्रवाह भएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया