काँग्रेस विशेष महाधिवेशनः पहिलो दिन २६६२ प्रतिनिधिको नाम दर्ता,कुन प्रदेशबाट कति ?
प्रकाशित मिति
२०८२ पुष २८ गते, सोमबार ०९:४४
२८ पुस,२०८२ काठमाडौं – नेपाली काँग्रेसको विशेष महाधिवेशनको पहिलो दिन २ हजार ६६२ जना महाधिवेशन प्रतिनिधिले आफ्नो नाम दर्ता गराएका छन्। विशेष महाधिवेशन आयोजक सचिवालयका अनुसार आइतबार सम्पन्न पहिलो दिनको नाम दर्ता प्रक्रियामा उल्लेख्य सहभागिता देखिएको हो।
आयोजक सचिवालयका संयोजक युवराज पाण्डेयका अनुसार नाम दर्ता गराउने प्रतिनिधिमध्ये कोशी प्रदेशबाट ४२५, मधेश प्रदेशबाट ४४६, बागमती प्रदेशबाट ४३२, गण्डकी प्रदेशबाट २९६, लुम्बिनी प्रदेशबाट ३९८, कर्णाली प्रदेशबाट १३४, सुदूरपश्चिम प्रदेशबाट १५८, काठमाडौँ उपत्यकाबाट १७८ तथा भ्रातृ, शुभेच्छुक र जनसम्पर्क संगठनतर्फबाट १९५ जना रहेका छन्।
नेपाली काँग्रेसमा कुल ४ हजार ७३४ जना महाधिवेशन प्रतिनिधि रहेका छन्। विशेष महाधिवेशनको दोस्रो दिन सोमबार बिहान १० बजेदेखि बन्दसत्र सुरु हुने छ भने प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया बिहान ८ बजेदेखि सञ्चालन गरिने आयोजक समितिले जनाएको छ।








प्रतिकृया