• २० असोज २०८३, मंगलबार
  • १ः०९ राती

आशिका तामाङको स्वतन्त्र उम्मेदवारी घोषणा

प्रकाशित मिति

२०८२ पुष २५ गते, शुक्रबार १०:१२

काठमाडौँ । सामाजिक अभियन्ता आशिका तामाङले आगामी प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेकी छन् । उनले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर २ वा ९ बाट उम्मेदवारी दिने बताएकी छन् ।

National Life

राजनीतिमा प्रवेशबारे गम्भीर आत्ममन्थन, सरोकारवालासँग संवाद, सामाजिक सञ्जालमार्फत मत सर्वेक्षण तथा जेनजी युवाहरूसँगको छलफलपछि यो निर्णयमा पुगेको आशिकाले बताइन् ।

दलगत राजनीतिभन्दा माथि उठेर युवाको आवाज, पारदर्शिता र जवाफदेही राजनीतिको प्रतिनिधित्व गर्ने उद्देश्यसहित स्वतन्त्र उम्मेदवारी घोषणा गरेको उनको भनाइ छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया