कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बहिस्कार गर्दै गगन–विश्व अनुपस्थित
प्रकाशित मिति
२०८२ पुष २६ गते, शनिबार ११:५०
२६ पुस,२०८२ काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बहिस्कार गरेका छन् ।
आज बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको आकस्मिक बैठकमा दुवै महामन्त्री सहभागी नभएको कांग्रेस नेताहरूले बताएका छन् । बैठकमा केन्द्रीय पदाधिकारी, सदस्य, आमन्त्रित सदस्यसहित सातवटै प्रदेशका सभापतिहरूलाई समेत बोलाइएको थियो ।
तर, पार्टीका दुई महामन्त्री बैठकमा अनुपस्थित रहेपछि कांग्रेसभित्र आन्तरिक विवाद थप सतहमा आएको विश्लेषण गरिएको छ ।
महामन्त्रीद्वय थापा र शर्माले यसअघि नै विशेष महाधिवेशनको प्रक्रिया अघि बढाइसकेका छन् । उनीहरूले आगामी पुस २७ र २८ गते विशेष महाधिवेशन आह्वान गरेका हुन् ।
पार्टीभित्र देखिएको मतभेद र नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै महामन्त्रीहरू बैठकमा सहभागी नभएको बताइएको छ । कांग्रेसभित्रको यो आन्तरिक खटपटले आगामी राजनीतिक गतिविधिमा असर पार्ने देखिएको छ ।








प्रतिकृया