• २० असोज २०८३, मंगलबार
  • १ः०८ राती

ऊर्जामन्त्री कुलमान घिसिङले दिए राजीनामा

प्रकाशित मिति

२०८२ पुष २३ गते, बुधबार ०९:४८

२३ पुस,२०८२ काठमाडौं –  ऊर्जामन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन् । उनले केहीबेरअघि प्रधानमन्त्री सुशीला कार्कीलाई आफ्नो राजीनामा पत्र बुझाएका हुन् ।

National Life

राजीनामा बुझाएसँगै प्रधानमन्त्री कार्कीले घिसिङलाई औपचारिक रूपमा बिदाइ गरेकी छन् । घिसिङलाई प्रधानमन्त्री कार्कीले ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी दिएकी थिइन् ।

नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक रहँदै चर्चामा आएका घिसिङले आफ्नै संरक्षकत्वमा ‘उज्यालो नेपाल’ पार्टी दर्ता गराएका थिए । त्यसपछि उनले गत पुस १४ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग उपसभापतिको सहमतिमा एकता गरेका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

गैरदलीय सरकारमा मन्त्री पदमा रहेकै समयमा घिसिङ रास्वपाको राजनीतिक गतिविधिमा संलग्न भएको आरोप लागेपछि उनको राजीनामाको माग उठ्दै आएको थियो । सामाजिक सञ्जाल र जनस्तरबाट मन्त्रीहरूको राजनीतिक सक्रियतामाथि प्रश्न उठेपछि सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री कार्कीले घिसिङलाई राजीनामा दिन निर्देशन दिएकी थिइन् ।

उक्त निर्देशनपछि घिसिङले मन्त्री पदबाट राजीनामा दिएका हुन् ।

प्रतिकृया