• २० असोज २०८३, मंगलबार
  • १ः०८ राती

कुलमान घिसिङको बिदाइमा प्रधानमन्त्री कार्कीले गरिन प्रशंसा

प्रकाशित मिति

२०८२ पुष २३ गते, बुधबार ०९:५९

२३ पुस,२०८२ काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा दिएका छन् । उनले आज साँझ बालुवाटारमा प्रधानमन्त्रीसँग भेट गरी राजीनामापत्र बुझाएका हुन् ।

National Life

राजीनामा बुझ्दै प्रधानमन्त्री कार्कीले साढे तीन महिना तीनवटा महत्वपूर्ण मन्त्रालयको नेतृत्व गर्दै देशका लागि उल्लेखनीय योगदान दिएको भन्दै धन्यवाद दिइन् । प्रधानमन्त्रीले घिसिङलाई बिदाइ गर्दै “तपाईंलाई देशले सम्झनेछ” भनिन् ।

मन्त्री घिसिङले पनि सरकारमा रहेर सेवा गर्ने अवसर दिएकोमा प्रधानमन्त्रीप्रति आभार व्यक्त गरेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया