• २० असोज २०८३, मंगलबार
  • १ः४३ राती

काठमाडौँको गैरीगाउँमा आगलागी, उडानसमेत प्रभावित

प्रकाशित मिति

२०८२ पुष २२ गते, मंगलवार ०४:२९

२२ पुस,२०८२ काठमाडौं – काठमाडौँको गैरीगाउँमा मंगलबार आगलागी भएको छ। गैरीगाउँस्थित एक कारखाना छेउमा रहेको टहरोमा आगलागी भएको हो।

National Life

काठमाडौँ महानगरपालिकाका नगर प्रहरीका अनुसार आगलागीको मुस्लो देखिएपछि महानगरको दमकल तत्काल घटनास्थलतर्फ पठाइएको थियो। हाल प्रहरी, दमकल तथा स्थानीयको संयुक्त टोलीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ।

विमानस्थल नजिकै घटना भएकाले आगलागीका कारण केही उडानहरू प्रभावित भएका छन्। आगलागीको कारण र क्षतिको विवरण भने अझै खुल्न सकेको छैन। स्थिति नियन्त्रणमा आएपछि थप विवरण सार्वजनिक गरिने जनाइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया