• २० असोज २०८३, मंगलबार
  • १ः४३ राती

यी ६ देशका पर्यटकलाई दक्षिण कोरियाले निःशुल्क भिसा दिने

प्रकाशित मिति

२०८२ पुष २२ गते, मंगलवार ०२:४८

२२ पुस,२०८२ काठमाडौं – नयाँ वर्षको अवसरमा दक्षिण कोरियाले भारत, चीन, भियतनाम, फिलिपिन्स, इन्डोनेसिया र कम्बोडियाका नागरिकलाई भिसा शुल्क नतिरी देश भ्रमण गर्न पाउने घोषणा गरेको छ।

National Life

अर्थमन्त्री कु युन–चोलका अनुसार, यो सुविधा जुन २०२६ सम्म सी–३–२ श्रेणीको ‘छोटो अवधिको समूह भिसा’ लिने पर्यटकलाई लागू हुनेछ। सरकारले यो कदम विदेशी पर्यटकको संख्यालाई बढावा दिन र पर्यटन बजारको तीव्र विकासको लागि उठाएको हो।

नोभेम्बरमा मात्रै दक्षिण कोरियामा आउने विदेशी पर्यटकको संख्या करिब १६ लाख पुगेर कोभिड–१९ अघिका रेकर्ड तोडेको तथ्यांक सार्वजनिक छ। यो अघिल्लो वर्षको तुलनामा १७ प्रतिशतले वृद्धि भएको बताइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया