• २० असोज २०८३, मंगलबार
  • १ः४३ राती

सानेपामा कांग्रेस नेता विमलेन्द्र निधि र कार्यकर्ताबीच चर्काचर्की

प्रकाशित मिति

२०८२ पुष २२ गते, मंगलवार ०२:५६

२२ पुस,२०८२ काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सहभागी हुन सानेपा पुगेका नेता विमलेन्द्र निधि र पार्टी कार्यालयमा प्रदर्शनरत समूहबीच चर्काचर्की भएको छ।

National Life

पार्टी केन्द्रीय कार्यालय घेराउका लागि पुगेका विशेष पक्षधर केही कार्यकर्ताले निधि लिंक रोडबाट कार्यालय प्रवेश गर्ने क्रममा अवरोध पुर्‍याएपछि विवाद चर्किएको हो। सो क्रममा दुई पक्षबीच भनाभन भएको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा देखिन्छ।

भिडियोमा निधिले ‘कांग्रेसी होइन’ भन्दै आक्रोश व्यक्त गरेको सुनिन्छ भने कार्यकर्तातर्फबाट पनि प्रतिवाद भएको देखिन्छ। निधि कार्यालयभित्र प्रवेश गरेपछि समेत होहल्ला जारी रहेको भिडियोमा देखिन्छ।

Classic Tech Mobile
Classic Tech Desktop

यसैबीच विशेष महाधिवेशन पक्षधर केन्द्रीय सदस्य मधु आचार्यले आफूहरूको कुनै औपचारिक कार्यक्रम नभएको स्पष्ट पारेका छन्। उनले विशेष पक्षधरको तर्फबाट सानेपा घेराउको कार्यक्रम आयोजना नगरिएको दाबी गरे।

प्रतिकृया