• १५ असोज २०८३, बिहीबार
  • ९ः२८ बिहान

डोल्पा प्रहरी चौकी तोडफोडपछि सम्पर्कविहीन भनिएका प्रहरी सम्पर्कमा,युवक बेपत्ता

प्रकाशित मिति

२०८२ पुष २० गते, आईतवार ०३:१७

२० पुस,२०८२ काठमाडौं — डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ स्थित इलाका प्रहरी कार्यालय करोपगार्डमा तोडफोडपछि सम्पर्कविहीन भनिएका प्रहरी सम्पर्कमा आएका छन्। प्रमुख जिल्ला अधिकारी भीमराज कोइरालाका अनुसार हातहतियार सुरक्षित गर्न केही प्रहरी सुरक्षित स्थानमा बसेका थिए र अवस्था सामान्य भएपछि शनिबार राति नै सम्पर्कमा आएका हुन्।

National Life

जाँचका क्रममा ३४ वर्षीय जुन रोकाया ठूलीभेरी नदीमा बेपत्ता भएको घटनालाई लिएर स्थानीयले चौकी आक्रमण गरेका थिए। घटनाको छानबिनका लागि तीन सदस्यीय समिति गठन गरिएको छ भने चौकीका सबै प्रहरी सदरमुकाम तानिएका छन्।

प्रतिकृया