भेनेजुएलामा अमेरिकी आक्रमणप्रति विश्वव्यापी आलोचना
प्रकाशित मिति
२०८२ पुष २० गते, आईतवार ११:२८
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरेपछि संयुक्त राज्य अमेरिकाले भेनेजुएला सञ्चालन गर्ने र देशका तेल स्रोतहरूको व्यवस्थापन गर्ने घोषणा गरेका छन्।
फ्लोरिडाको मार–ए–लागोमा शनिबार आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले संक्रमणकालीन अवस्थामा अमेरिकी प्रशासनले सुरक्षित र उचित रूपमा देश चलाउने बताएका छन्। विदेशमन्त्री मार्को रुबियो, रक्षामन्त्री पीट हेगसेथ र अन्य वरिष्ठ अमेरिकी अधिकारीहरूले भेनेजुएला सञ्चालनमा सहयोग गर्न टोली बनाएर काम गरिरहेको जानकारी दिएका छन्।

ट्रम्पले अमेरिकी तेल कम्पनीलाई भेनेजुएलाको ऊर्जा पूर्वाधार कब्जा गर्न र लगानी गर्न अनुमति दिने तथा देशका लागि आम्दानी सुरु गर्ने योजना रहेको बताएका छन्। उनले अमेरिकी सैन्य उपस्थितिबाट तेल र अन्य सम्पत्ति नियन्त्रण गर्न नडराउने दाबी पनि गरेका छन्।

भेनेजुएलामा अमेरिकी सैन्य छापा र मादुरोको गिरफ्तारीको घटनाले विश्वव्यापी रूपमा आलोचना र चिन्ता बढाएको छ, जसलाई अन्तर्राष्ट्रिय कानुन उल्लंघनको रूपमा पनि हेरिएको छ।




प्रतिकृया