• १५ असोज २०८३, बिहीबार
  • ६ः५२ बिहान

नेपाली कांग्रेसभित्र महाधिवेशन विवाद: देउवाले बैठक बोलाए

प्रकाशित मिति

२०८२ पुष २० गते, आईतवार ०२:०५

२० पुस,२०८२ काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकटका शीर्ष नेताहरुलाई बैठकका लागि महाराजगञ्ज निवासमा आज दिउँसो २ बजे बोलाएका छन्। बैठकमा पार्टीभित्र चलिरहेका विवादबारे छलफल हुने बताइएको छ।

National Life

पार्टीभित्र विशेष महाधिवेशन गर्ने पक्ष र संस्थापनको अडानका कारण विवाद सुरु भएको हो। कार्यसम्पादन समितिले चुनावपछि नियमित महाधिवेशनको कार्यतालिका पारित गरेको छ भने महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनको पक्षमा तयारी गरिरहेका छन्।

कार्यसम्पादन समितिले आगामी वैशाख २८–३१ सम्म १५औँ महाधिवेशन गर्ने निर्णय गरेको छ। तर विशेष महाधिवेशन पक्षधरले यही महिनाको अन्तिम साता विशेष महाधिवेशनको आयोजना गर्न दबाव बनाइरहेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया