• ४ साउन २०८३, सोमबार
  • ७:४४ बेलुका

प्रधानमन्त्रीका श्रीमान् दुर्गा प्रसाद सुवेदी अस्पताल भर्ना

प्रकाशित मिति

२०८२ पुष २० गते, आईतवार ०२:२२

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीका श्रीमान् दुर्गा प्रसाद सुवेदी स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना भएका छन्। अस्पताल स्रोतका अनुसार सुवेदीको स्वास्थ्यमा विभिन्न समस्या देखिएको छ। उपचारमा संलग्न एक चिकित्सकका अनुसार उनीमा पिसाबको संक्रमण, शरीरमा नुनको मात्रा कम हुनु तथा रिङ्गटा लाग्ने समस्या देखिएको छ।

चिकित्सकले अन्य स्वास्थ्य समस्या भने खुलाउन चाहेनन्। यसअघि सुवेदीले प्रोस्टेटको शल्यक्रिया गराएका थिए। हाल संक्रमणका कारण रिङ्गटा लाग्ने लगायतका समस्या देखिएपछि बिहीबार अस्पताल भर्ना गरिएको हो। अहिले उनलाई क्याबिनमा राखेर उपचार भइरहेको छ। प्रधानमन्त्री निकट स्रोतका अनुसार सुवेदीको उपचारबारे चिकित्सकहरूसँग थप परामर्श भइरहेको छ।

Kamana Sewa

‘उहाँ यसअघि पनि बेला–बेलामा बिरामी भइरहनुहुन्थ्यो। अस्पताल जाने–आउने चलिरहेको हो। पछिल्लो समस्याबारे चिकित्सकसँग सल्लाह भइरहेको छ,’ स्रोतले जनाएको छ।

Classic Tech Desktop

प्रतिकृया