• २० असोज २०८३, मंगलबार
  • २ः१६ राती

ग्रामथान गाउँपालिकाको कार्यालयमा पुनः तनाव

प्रकाशित मिति

२०८२ पुष १७ गते, बिहीबार ०२:२५

मोरङ । मोरङको ग्रामथान गाउँपालिकाको कार्यालयमा आज पनि तनाव उत्पन्न भएको छ । उपाध्यक्ष गुणवतीदेवि थारुले लेखा शाखामा लगाएको ताला खोल्न माग गर्दै अध्यक्ष नमोनारायण माझीका समर्थक कार्यालय पुगेपछि स्थिति तनावग्रस्त बनेको हो ।

National Life

लेखा शाखाको ढोका अगाडि उपाध्यक्ष थारुसहित एमालेका जनप्रतिनिधि बसेका बेला पुगेका प्रदर्शनकारीले ताला फोडेका थिए । दुवै पक्षबीच हात हालाहालको स्थिति बनेपछि प्रहरीले हस्तक्षेप गरी स्थिति नियन्त्रणमा लिएको छ ।

अध्यक्ष माझीले मनोमानी गरेको आरोप लगाउँदै उपाध्यक्ष थारुले लेखा शाखामा ताला लगाएकी थिइन् । अध्यक्ष–उपाध्यक्षबीच यसअघि पनि गाडी प्रयोगको विषयमा विवाद भएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया