• २० असोज २०८३, मंगलबार
  • २ः१७ राती

एमाले समानुपातिक बन्दसूचीमा २१ जिल्लाको प्रतिनिधित्व शून्य, अन्य जिल्लामा कति ?

प्रकाशित मिति

२०८२ पुष १७ गते, बिहीबार ०२:२०

१७ पुस,२०८२ काठमाडौं — नेकपा एमालेको समानुपातिक तर्फको बन्दसूचीमा विभिन्न २१ जिल्लाबाट प्रतिनिधित्व शून्य रहेको पाइएको छ । निर्वाचन आयोगमा बुझाइएको सूचीअनुसार एमालेले ५६ जिल्लाबाट मात्र प्रतिनिधित्व समेटेको छ ।

National Life

प्रतिनिधित्व नपाएका जिल्लामा मकवानपुर, सिन्धुपाल्चोक, दोलखा, गोरखा, बागलुङ, ताप्लेजुङ, रसुवा, मनाङ, रूपन्देही, सल्यान, डोल्पा, जुम्ला, बाजुरा, बैतडी लगायत छन् । झापाबाट भने सबैभन्दा बढी ९ जनाको प्रतिनिधित्व रहेको छ ।

एमालेले समानुपातिकतर्फ ११० जनाको बन्दसूची बुझाएको छ । निर्वाचन आयोगले कानुनबमोजिम कलस्टर मिलेको/नमिलेको विषयमा छानबिन सुरु गरेको जनाएको छ । आयोगका अनुसार अध्ययनपछि आवश्यक परे दललाई संशोधनका लागि पत्राचार गरिनेछ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया