• ५ साउन २०८३, मंगलबार
  • ५:४४ बेलुका

नेप्से दोहोरो अंकले ओरालो, सूचक २६२२ बिन्दुमा झर्‍यो

प्रकाशित मिति

२०८२ पुष १४ गते, सोमबार ०३:१२

१४ पुस,२०८२ काठमाडौं — नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १०.५३ अंकले घट्दै २६२२.८८ बिन्दुमा कायम भएको छ । बजार ओरालो लाग्दा आज ३३७ कम्पनीका १ करोड ३७ हजार ३०७ कित्ता शेयर किनबेच भएका छन् । जसअनुसार कुल कारोबार रकम ४ अर्ब ७७ करोड ४७ लाख रुपैयाँ पुगेको छ ।

आजको कारोबारमा ११ वटा उपसूचक घटेका छन् भने दुई उपसूचकमा मात्रै वृद्धि देखिएको छ । शेयर बजारमा ८५ कम्पनीको शेयर मूल्य बढ्दा १६५ कम्पनीको मूल्य घटेको छ ।

Kamana Sewa

प्रतिकृया