सात कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
प्रकाशित मिति
२०८२ पुष १४ गते, सोमबार ०९:५७
१४ पुस,२०८२ काठमाडौं — आज पुस १४ गते नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत सात वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारणसभा प्रयोजनका लागि १ कम्पनीले भोलि र ६ कम्पनीले पर्सि बुक क्लोज गर्ने भएकाले आजसम्म कायम शेयरधनीले मात्रै लाभांश पाउनेछन्। भोलि सार्वजनिक बिदा परेकाले आजको कारोबारपछि शेयरधनी कायम हुनेहरू मात्र लाभांशका हकदार हुनेछन्।
आज नबिल बैंकको १२.५ प्रतिशत नगद लाभांश, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ५ प्रतिशत नगद लाभांश, बुटवल पावर कम्पनीको ६ प्रतिशत नगद लाभांश, तथा डिप्रोक्स लघुवित्तको १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।
त्यसैगरी सपोर्ट लघुवित्तको ९.५ प्रतिशत बोनस शेयर र ०.५ प्रतिशत नगद गरी कुल १० प्रतिशत, मिथिला लघुवित्तको १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत तथा छिमेक लघुवित्तको १२.५ प्रतिशत बोनस शेयर र १२.५ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।








प्रतिकृया