• १४ असोज २०८३, बुधबार
  • ५ः५१ बिहान

रास्वपाको समानुपातिक सूचीमा बालेन पक्षमा कति जना ?

प्रकाशित मिति

२०८२ पुष १३ गते, आईतवार ०२:२९

१३ पुस,२०८२ काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक बन्द सूचीमा काठमाडौंका मेयर बालेन शाह पक्षका ४० जनाको नाम समावेश गरिने भएको छ। रवि लामिछाने र बालेन शाहबीच आइतबार बिहान यसबारे सहमति भएको स्रोतले जनाएको छ।

National Life

निर्वाचन आयोगमा आज र भोलि समानुपातिकतर्फ ११० जनाको बन्द सूची बुझाउनुपर्ने कार्यतालिका छ। सहमतिअनुसार बालेन पक्षका ४० र बाँकी ७० जना रास्वपाका उम्मेदवार रहनेछन्। यो विषय ७ बुँदे सम्झौतापत्रमा उल्लेख नभए पनि मौखिक समझदारी भएको बताइएको छ।

रास्वपाले समानुपातिक उम्मेदवार चयनका लागि आन्तरिक भोटिङ प्रक्रिया अघि बढाएको जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया