• १३ असोज २०८३, मंगलबार
  • १ः०२ राती

बालेन–रवि सम्झौतापछि हरिशरण लामिछानेले काठमाडौं मेयरमा उम्मेदवारी घोषणा

प्रकाशित मिति

२०८२ पुष १३ गते, आईतवार ११:१९

१३ पुस,२०८२ काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच राजनीतिक सहमति भएपछि रविका दाजु हरिशरण लामिछाने ले काठमाडौं मेयरमा स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका छन्।

National Life

सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले रवि र बालेनको सम्झौतापछि आफ्नो उम्मेदवारीको प्रबल सम्भावना रहेको जानकारी दिएका हुन्। उनले लेखेका छन्,

“दुई भाइको सम्झौता प्रति सम्मान र खुशी व्यक्त गर्दै काठमाडौं महानगरपालिकाको भावी मेयर पदमा मेरो ‘स्वतन्त्र उम्मेदवारी’ रहने प्रबल सम्भावना रहेको जानकारी गराउदछु।” हरिशरण लामिछानेको यस कदमले काठमाडौं महानगरपालिकाको आगामी निर्वाचनमा नयाँ राजनीतिक हलचल थप्ने अपेक्षा गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया