• २० असोज २०८३, मंगलबार
  • ३ः३० राती

बयानका लागि बोलाइएपछि देउवासँग छलफलमा पूर्वगृहमन्त्री लेखक

प्रकाशित मिति

२०८२ पुष ९ गते, बुधबार १०:५२

९ पुस,२०८२ काठमाडौं— जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग परामर्शमा जुटेका छन्।

National Life

आयोगलाई दिने बयानबारे सल्लाह गर्न लेखक आज (बुधबार) देउवा बस्दै आएको महाराजगञ्जस्थित भाडाको निवासमा भेट्न जाने भएका हुन्। महाराजगञ्ज स्रोतले नेता लेखकलाई छलफलका लागि बोलाइएको पुष्टि गरेको छ, तर भेटघाटको समय भने सार्वजनिक गरिएको छैन।

यसअघि नेता लेखकले अनलाइनखबरसँग प्रतिक्रिया दिँदै आयोगले बयानका लागि बोलाएको विषयमा सल्लाह भइरहेको बताएका थिए। आयोगले बयानका लागि पत्र पठाएको भन्ने जानकारी पाए पनि आफूले औपचारिक पत्र भने नपाएको उनको भनाइ छ।

Classic Tech Mobile
Classic Tech Desktop

विशेष अदालतका तत्कालीन अध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगले मंगलबार रमेश लेखकलाई बयानका लागि पत्र पठाउने निर्णय गरेको थियो।

प्रतिकृया