• २० असोज २०८३, मंगलबार
  • ३ः३० राती

नबिल बैंकले जित्यो एक अर्बको मुद्दा

प्रकाशित मिति

२०८२ पुष ७ गते, सोमबार ०१:१२

काठमाडौं । चीनको अदालतमा चलेको काउन्टर ग्यारेन्टी सम्बन्धी मुद्दा नबिल बैंकले जितेको छ। माथिल्लो त्रिशूली थ्री–बी जलविद्युत् आयोजनाको ठेक्का सम्झौता तोडिएपछि जमानत जफतको विषयलाई लिएर चिनियाँ निर्माण कम्पनीले दायर गरेको मुद्दा सिचुआनको तल्लो र माथिल्लो दुवै अदालतबाट खारेज भएको हो।

National Life

निर्माण कार्य समयमै सम्पन्न नगरेपछि आयोजना पक्षले चिनियाँ कम्पनी सुइफा एएनएचई ग्रुपसँगको ठेक्का तोडेको थियो। सोही क्रममा कम्पनीले राखेको पर्फमेन्स ग्यारेन्टी र अग्रिम भुक्तानी ग्यारेन्टी बराबरको रकम फुकुवा गर्न प्रक्रिया अगाडि बढाइएपछि चिनियाँ कम्पनी अदालत पुगेको थियो। तर अदालतले ठेक्का सम्झौताअनुसार काउन्टर ग्यारेन्टीबापतको रकम भुक्तानी गर्नुपर्ने फैसला सुनाएको छ।

यो फैसलासँगै नबिल बैंकले चाइना एभरब्राइट बैंकमार्फत ७.४५ मिलियन अमेरिकी डलर प्राप्त गर्ने बाटो खुलेको छ। हालको विनिमय दरअनुसार यो रकम करिब १ अर्ब ४ करोड रुपैयाँ बराबर हुन्छ। काउन्टर ग्यारेन्टी रकम भुक्तानीको प्रक्रिया शुरु भइसकेको नबिल बैंकले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री–बी आयोजना ‘जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गत अघि बढाइएको थियो। तीन वर्षमा निर्माण सक्ने सर्तसहित २०७४ फागुनमा ठेक्का दिइएको भए पनि सम्झौताभन्दा तीन वर्ष ढिलो हुँदासमेत कामले अपेक्षित गति नलिएपछि २०८० मंसिरमा ठेक्का तोडिएको थियो।

प्रतिकृया