• १४ असोज २०८३, बुधबार
  • ३ः०३ राती

जेनजी आन्दोलन घटनाबारे जाँचबुझ आयोगले एक महिना म्याद थप माग्यो

प्रकाशित मिति

२०८२ पुष २ गते, बुधबार ०४:२१

२ पुष,२०८२ काठमाडौं— जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले एक महिना म्याद थप गर्न सरकारसँग आग्रह गरेको छ।

National Life

बुधबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीसँग भएको छलफलमा आयोगका पदाधिकारीहरूले हालको समय अपुग भएकाले आयोगको म्याद थप आवश्यक रहेको बताएका हुन्।

पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा असोज ५ गते गठन गरिएको जाँचबुझ आयोगको म्याद तीन महिना तोकिएको थियो। म्याद सकिन लाग्दा पनि बयान लिने प्रक्रिया जारी रहेकाले थप समय मागिएको आयोगले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

आयोगका अध्यक्ष कार्कीले हालसम्म सुरक्षा र प्रशासनका उच्च अधिकारीहरूको बयान लिइसकिएको जानकारी दिँदै अझै केही महत्वपूर्ण व्यक्तिहरूको बयान लिन बाँकी रहेकाले एक महिना थप समय आवश्यक भएको बताए।

प्रधानमन्त्री कार्कीले आयोगको म्याद थप गर्ने जानकारी गराएको अध्यक्ष कार्कीले बताए।

उनका अनुसार आगामी सातादेखि पूर्वप्रधानमन्त्री, पूर्वगृहमन्त्री तथा विभिन्न राजनीतिक दलका नेताहरूलाई बयानका लागि बोलाउने तयारी भइरहेको छ।

जाँचबुझ आयोगले जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे तथ्यगत निष्कर्ष निकाल्ने कामलाई तीव्रता दिएको जनाएको छ।

प्रतिकृया