• २० असोज २०८३, मंगलबार
  • ४ः४२ बिहान

नेकपा एमालेको बन्दसत्र दिउँसो १ बजेदेखि सुरु हुने

प्रकाशित मिति

२०८२ मंसिर २८ गते, आईतवार ११:२२

मंसिर २८,२०८२ काठमाडौं— नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गतको बन्दसत्र दिउँसो १ बजेदेखि मात्र सुरु हुने भएको छ । यसअघि साढे १२ बजेदेखि सुरु गर्ने भनिएको बन्दसत्र समय सारेर १ बजेबाट सुरु गर्न लागिएको हो ।

National Life

एमाले नेता महेश बस्नेतका अनुसार बन्दसत्र सुरु हुनुअघि केन्द्रीय कमिटीको कार्यकालको अन्तिम बैठक बस्ने तयारी गरिएको छ । उक्त बैठकमा पार्टीको विधान संशोधन र बन्दसत्रमा पेश गरिने राजनीतिक प्रस्तावबारे छलफल हुने बताइएको छ ।

यसअघि नै बसेको सचिवालय बैठकले बन्दसत्र सञ्चालनमा विगतभन्दा फरक अभ्यास अपनाउने निर्णय गर्दै सिंगो सचिवालयले ‘अध्यक्ष मण्डल’को भूमिकामा रहने व्यवस्था गरेको छ । महाधिवेशनबाट पारित गरिनुपर्ने विशेष प्रस्तावको तयारीका लागि उपमहासचिव प्रदीप ज्ञवालीको संयोजकत्वमा तथा महाधिवेशनका निर्णयहरूको माइन्युटिङका लागि उपमहासचिव पृथ्वीसुब्बा गुरुङको संयोजकत्वमा समिति गठन गरिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

महाधिवेशनमा कुल २ हजार २६२ जना प्रतिनिधि सहभागी छन् । महाधिवेशनले अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र सात सचिवसहित २५१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्ने तयारी गरेको छ । मतदानका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने तयारीसमेत एमालेले गरेको छ ।

११औँ महाधिवेशनअन्तर्गत शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन समारोह सम्पन्न भइसकेको छ ।

प्रतिकृया