• २० असोज २०८३, मंगलबार
  • ४ः४२ बिहान

नेकपा एमाले केन्द्रीय कमिटी बैठक सुरु, यी विषयमा हुने छलफल

प्रकाशित मिति

२०८२ मंसिर २८ गते, आईतवार ११:०८

मंसिर २८,२०८२ काठमाडौं— नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । ११औं महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि भृकुटीमण्डपमा बैठक बसेको हो ।

National Life

बैठकमा पार्टीको विधान संशोधन, समसामयिक राजनीतिक परिस्थिति तथा बन्दसत्रका कार्यक्रमबारे महत्वपूर्ण छलफल हुने नेता महेश बस्नेतले जानकारी दिए । यो बैठक वर्तमान कार्यकालको अन्तिम बैठकसमेत रहेको उनले बताए ।

भक्तपुरको सल्लाघारीमा उद्घाटन गरिएको महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा हुँदैछ । बिहानै सुरु गर्ने तयारी गरिएको बन्दसत्र समय परिवर्तन भई दिउँसो १ बजेका लागि सारिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया