• २० असोज २०८३, मंगलबार
  • ४ः४२ बिहान

कुलमानले गुन बिर्सिएर त्यही थालमा छेद हाल्न खोजे : प्रचण्ड

प्रकाशित मिति

२०८२ मंसिर २८ गते, आईतवार ०९:३८

मंसिर २८,२०८२ काठमाडौं— नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङप्रति कडा टिप्पणी गरेका छन् । कुलमानले गुन बिर्सिएर ‘जुन थालमा खायो, त्यही थालमा छेद हाल्न खोजेको’ भन्दै प्रचण्डले त्यस्तो नगर्न चेतावनी दिएका हुन् ।

National Life

शनिबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले कुलमानले वैगुनी व्यवहार गरेको आरोप लगाए । ‘यस्तो बैगुनी भएर तिनले पार पाउने छैनन्, नेपाली जनताले पनि माफ गर्ने जस्तो मलाई लाग्दैन,’ उनले भने ।

जेनजी आन्दोलनपछि बनेको अन्तरिम चुनावी सरकारमा ऊर्जा, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री रहेका कुलमान घिसिङले ‘उज्यालो नेपाल’ पार्टीमार्फत राजनीतिमा प्रवेश गरेको सन्दर्भ उल्लेख गर्दै प्रचण्डले आफू प्रधानमन्त्री हुँदा नै कुलमानलाई प्राधिकरणमा नियुक्त गरेको दाबी गरे ।

Classic Tech Mobile
Classic Tech Desktop

‘प्रधानमन्त्रीको हैसियतले मैले टिपेर ल्याएँ, यो मान्छे राम्रो छ भनेर । उनले आफैं पनि प्रचण्डले बनाएको भनेका थिए,’ प्रचण्डले भने, ‘अहिले कुरा बिर्सिएर यस्तो गर्नु लाजमर्नु हो ।’प्रचण्डले कुलमानको ‘बुद्धि फिरोस्’ भन्दै थप टिप्पणी नगर्ने बताएका छन् ।

प्रतिकृया