• २० असोज २०८३, मंगलबार
  • ४ः४२ बिहान

कालीगण्डकी करिडोरमा ८ अर्ब २० करोड खर्च, ८२ प्रतिशत बजेट उपयोग

प्रकाशित मिति

२०८२ मंसिर २८ गते, आईतवार ०९:३३

मंसिर २८,२०८२ काठमाडौं— मुस्ताङ जिल्लामा उत्तर–दक्षिण व्यापारिक मार्गअन्तर्गत कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनामा हालसम्म ८ अर्ब २० करोड रुपैयाँ खर्च भएको छ । आव २०८१–८२ सम्म प्रस्तावित १० अर्ब ५७ करोड लागतको ८२ प्रतिशत बजेट खर्च भइसकेको हो ।

National Life

भारत–चीन जोड्ने राष्ट्रिय गौरवको यो आयोजनाअन्तर्गत पर्वतको मालढुङ्गादेखि नेपाल–चीन कोरलानाकासम्म २०२ किलोमिटर सडकको ट्रयाक खुलिसकेको छ । हालसम्म ९४ किलोमिटर ग्राभेल, ८८ किलोमिटर कालोपत्र र १४ वटा पुल निर्माण सम्पन्न भएका छन् ।

कोरलासम्म सम्पूर्ण सडक कालोपत्र गर्नुपर्ने भएकाले आयोजना अवधि र लागत दुवै बढ्ने देखिएको छ । आयोजना प्रमुखका अनुसार सडक डबल लेनमा कालोपत्र र थप पुल निर्माण भए कुल लागत १५ अर्ब रुपैयाँ नाघ्न सक्छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया