• १ असोज २०८३, बिहीबार
  • १०ः५५ बिहान

राजधानीमा तस्करीका खसि बोका छ्याप्छ्याप्ती

प्रकाशित मिति

२०७६ आश्विन १५ गते, बुधबार ११:१०

काठमाडौं, गत चैतमा सरकारले भारतबाट आयात हुने खसीबोकाको क्वारेन्टाइन जाँच अनिवार्य गरेको थियो। त्यसयता भारतबाट नगन्य मात्रामा खसीबोका आयात भएको सरकारी तथ्यांक छ। तर, दसैं बजारमा भारतीय खसीबोका छ्याप्छ्याप्ती भेटिएका छन्।

National Life

यसले सरकारले क्वारेन्टाइन जाँच नगरी आयात गर्न नदिने खसीबोका तस्करीमार्फत ठूलो परिमाणमा भित्रिरहेको पुष्टि गर्छ। उपत्यकाको ६० प्रतिशत बजार समेट्ने कलंकी खसी बजारमा आधा जति भारतीय खसीबोका छन्।सरकारले गत चैतमा क्यारेन्टाइन जाँच नगरेका चौपाया आयात गर्न नदिने नीति लिएयता वैधानिक बाटोबाट तीन सय ९८ वटा मात्र भित्रिएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

 

सामान्यतया नेपाली खसीबोका भन्दा भारतीय तौलमा ठूला र एउटै आकारका देखिन्छन्। भारतीय खसीबोका पहिचानका लागि ढाडको रौं काटेर विभिन्न नमूना दिने गरिएको व्यवसायीले बताए। भारतीय बजारबाट भन्सार जाँचपास पूरा गरेर आएका खसीबोकालाई कानमा ट्याग झुन्डाउने चलन छ।

व्यावसायी आफैं अहिले बजारमा बिक्री भइरहेकामध्ये आधा जति खसीबोका भारतबाट ल्याएको स्वीकार्छन्। एक व्यवसायीले मासु व्यवसायी र ग्राहकको भारतीय खसीबोकामा आर्कषण भएको र अन्यको तुलनामा भारतीय नै बढी बिक्री भएको बताए। तर उनले भन्सार छलेर कसरी खसीबोका आइपुगे भनेर बताएनन् । नागरिक दैनिकबाट साभार

प्रतिकृया