• २० असोज २०८३, मंगलबार
  • ६ः१५ बिहान

निर्वाचन आयोगको २० बुँदे निर्देशन जारी

प्रकाशित मिति

२०८२ मंसिर २० गते, शनिबार ११:३०

मंसिर २०, २०८२ काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा र पुस ११ गते तय भएको राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगले राजनीतिक दलहरूलाई २० बुँदे निर्देशन जारी गरेको छ।

National Life

आयोगले प्रत्यक्षतर्फ उम्मेदवार मनोनयनमा कम्तीमा एकतिहाइ महिला सुनिश्चित गर्न, समावेशी समानुपातिक प्रतिनिधित्व कायम गर्न तथा ४० प्रतिशत महिला प्रतिनिधित्वको लक्ष्यअनुसार नीतिगत व्यवस्था मिलाउन दलहरूलाई आग्रह गरेको छ।

चुनावी प्रचार–प्रसारमा धम्की, गालीगलौज, चरित्रहत्या, भ्रामक सूचना तथा विभेदपूर्ण गतिविधि पूर्ण रूपमा निषेध गरिएको छ। सामाजिक सञ्जालमा गलत जानकारी नफैलाउन पनि निर्देशन दिइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

बालबालिकालाई राजनीतिक गतिविधिमा प्रयोग नगर्न, निर्वाचनस्थललाई लैङ्गिक तथा अपाङ्गमैत्री बनाउन सहयोग गर्न तथा दलभित्र आचारसंहिता बनाएर कडाइका साथ लागू गर्न आयोगले दलहरूलाई भनेको छ।

प्रतिकृया